logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

परमाणु हतियार विकासमा तिव्रता दिने वाचापछि उत्तर कोरियाले फेरि हान्यो क्षेप्यास्त्र


अंकुरण खबर
1.3K
Shares

उत्तर कोरियाले बुधबार फेरि ब्यालिस्टि क्षेप्यास्त्रको प्रक्षेपण गरेको दक्षिण कोरियाले जनाएको छ।

राजधानी प्योङयाङको सुनान भन्ने क्षेत्रबाट पूर्वी तटीय क्षेत्रमा रहेको जल क्षेत्रमा क्षेप्यास्त्र हानिएको दक्षिण कोरियाको सेनाले जनाएको छ।

गत अप्रिल २५ मा सर्वोच्च नेता किम जोङ उनले परमाणु हतियारको विकासमा तिव्रता दिने वाचा गरेका थिए।

त्यसयता यो पहिलो क्षेप्यास्त्र परीक्षण हो। अप्रिलको सैन्य परेडमा उत्तर कोरियाले हसङ–१७ अन्तरमहादेशीय क्षेप्यास्त्र समेत प्रदर्शन गरेको थियो। एजेन्सी