बोस्टन – एनआरएनए युएसएले २०१९ को युवा नेतृत्त्व छात्रवृत्ति विजेता घोषणा गरेको छ । संस्थाले बुधबार विज्ञप्ति जारी गर्दै उक्त घोषणा गरेको हो ।
विज्ञप्तिका अनुसार ४ विजेतामा दक्षिणी क्षेत्रबाट अमित त्रिपाठी (युनिभर्सिटी अफ साउदर्न मिसिसिपी), उत्तर–पूर्वबाट अस्का शेर्पा (हन्टर कलेज, न्युयोर्क), पश्चिमी क्षेत्रबाट किरण पाण्डे (आइडाहो स्टेट युनिभर्सिटी) र मध्य–पश्चिमबाट रिशिका जोशी (लोयोला युनिभर्सिटी, सिकागो) छन् ।
यी चार विजेतालाई उनीहरूको शैक्षिक स्तर, नेतृत्त्व क्षमता, निबन्ध–लेखन आदिबाट गरिएको उल्लेख छ ।