logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाका नयाँ भेरियन्टलाई पनि कोरोनाको खोपले काम गर्छ : विश्व स्वास्थ्य संगठन


अंकुरण खबर
1.053K
Shares

विश्व स्वास्थ्य संगठनले कोरोनाका अरु नयाँ-नयाँ भेरियन्टहरुलाई पनि अहिलेको कोरोनाका विरुद्धको खोपले नै काम गर्ने जनाएको छ।

अहिले पछिल्ला समयमा अफ्रिका तथा अमेरिकामा पनि कोरोनाका नयाँ–नयाँ भेरियन्टहरु भेटिएका समाचारहरू आइरहेका बताइएको छ। ती नयाँ भेरियन्टहरुका विरुद्धमा पनि कोरोनाको खोप प्रभावकारी देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

उक्त संगठनले हालै गरेको अनुसन्धानबाट यो तथ्य पत्ता लागेको अन्तराष्ट्रिय समाचारमा जनाइएको छ । विश्वमा कोरोनाका संक्रमितहरुका संख्या घट्दै गएको पाइएको छ।

साथै गएको सन् २०२० को मार्चको तुलनामा अहिले विश्वमा कोरोनाका कारणले हुने गरेको मृत्युमा पनि निकै नै कमी आएको देखिएको छ।

यो मृत्यु दरमा भएको कमी पनि कोरोनाकाविरुद्धको खोपकै कारण भएको उक्त संगठनको भनाई छ । दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले कोरोनाको ओमिक्रोन भेरियन्ट पत्ता लगाएका थिए। यस भेरियन्टको संक्रमण दर अरुको तुलनामा निकै नै बढी थियो।

तर पनि सो भेरियन्टलाई पनि हाल प्रचलनमा रहेकै खोपले प्रभावकारी रुपमा काम गरिरहेको सो संगठनले जनाएको छ।