logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कंगोमा इस्लामिक अतिवादी समूहको आक्रमणमा परी २२ जनाको मृत्यु


अंकुरण खबर
1.209K
Shares

कंगोमा इस्लामिक अतिवादी समूहको आक्रमणमा परी २२ जना सर्वसाधारणको मृत्यु भएको छ । बाबोआ र तोम्बी गाउँमा सर्वसाधारणको २२ शव फेला परेको हो ।

घटनापछि सरकारले सुरक्षा दिन नसकोको भन्दै स्थानीयले सरकार र राष्ट्रसंघीय शान्ति सेना विरुद्ध प्रदर्शन गरेका छन् ।

सरकारी सेनाले कारवाही नगर्दा समेत सशस्त्र समुहले सर्वसाधारणको हत्या गरेको उनीहरुको आरोप छ । कंगोमा केही समयदेखि इस्लामिक अतिवादी समुहको आक्रमणका घटना बढेका छन् ।

आक्रमणकै कारण महामारीको रुप लिएको ईबोलाको संक्रमण रोक्न विश्व स्वास्थ्य संगठनले चलाएको कार्यक्रम समेत प्रभावित भएको छ । कंगोमा अक्टोबर यता १ सय ७९ जना सर्वसाधारणको हत्या भइसकेको छ । एजेन्सी