logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकाले पाकिस्तानमा सैन्य अखडा स्थापना गर्न चाहन्थ्योः इमरान खान


अंकुरण खबर
1.781K
Shares

अविश्वासको प्रस्तावमार्फत हटाइएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले  आफू  सत्तामा रहँदा देशमा सैन्य आधार स्थापना गर्ने अमेरिकी मागसँग कहिल्यै सहमत नभएको बताएका  छन् ।

पूर्वक्रिकेटरसमेत रहेका खान गत महिना संसद्मा अविश्वासको प्रस्तावमार्फत् पदमुक्त भएका थिए । आफूलाई सत्ताच्युत गर्न अमेरिकाले षडयन्त्र गरेको उनले आरोप लगाउँदै आएका छन् ।

अविश्वासको प्रस्तावबाट हट्ने उनी पाकिस्तानका पहिलो प्रधानमन्त्री हुन् । एक भिडियो सन्देशमा विदेशमा रहेका पाकिस्तानीहरूलाई सम्बोधन गर्दै खानले , अमेरिकाले ‘अफगानिस्तानमा सम्भावित आतंकवादविरुद्ध प्रत्याक्रमण गर्न’ पाकिस्तानमा आधारहरू चाहेका र आफ्ना लागि सो प्रस्ताव बिल्कुल अस्वीकार्य भएको बताए ।

पाकिस्तानले अमेरिकी  नेतृत्वमा भएको ‘आतंकवादविरुद्धको युद्ध’मा ८० हजारले ज्यान गुमाएको र अझै पनि बलिदानको कदर नगरिएको भन्दै उनले त्यसको दोष अमेरिकी राजनीतिज्ञहरूलाई लगाए ।