logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

भारतले चिनी निर्यातमा सीमा तोक्यो


अंकुरण खबर
1.092K
Shares

६ वर्षमा पहिलो पटक भारतले चिनी निर्यातमा सीमा तोकेको छ । सरकारले यो सिजनका लागि एक करोड टन निर्यातको सीमा तोकेको छ ।

घरेलु बजारमा मूल्य नियन्त्रण गर्न पछिल्लो कदम चालिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । देशका मिलहरूले विश्व बजारमा कीर्तिमानी मात्रामा चिनी बिक्री गरेका छन् ।

१ जुनदेखि ३१ अक्टोबरसम्म विदेशमा कुनै पनि ढुवानीका लागि निर्यातकर्ताहरूलाई सरकारसँग अनुमति माग्न सरकारले जारी गरेको आदेशमा उल्लेख छ ।
भारत संसारकै सबैभन्दा धेरै चिनी उत्पादन गर्ने देश हो । भारत ब्राजिपछिको दोस्रो ठूलो निर्यातकसमेत हो ।