नयाँदिल्ली – भारतको पन्जाब प्रान्तका टेलिभिजन अभिनेता कुशल पन्जाबीले आत्महत्या गरेका छन् ।
मुम्बई प्रहरीले उनले आत्महत्या गरेको पुष्टि गरे पनि कारण भने खुलेको छैन । घटनाबारे प्रहरीले छानबिन थालेको छ ।
उनी मृत अवस्थामा भेटिएका थिए । प्रहरीका अनुसार ४२ वर्षीय कुशल पंखामा झुन्डिएको अवस्थामा भेटिएका थिए । उनले सुसाइड नोट पनि घरमा छोडेको र सुसाइडका लागि कसैको पनि दोष नरहेको लेखेको बीबीसीमा समाचार छ ।
उनले नोटमा आफ्नो सम्पति ५० प्रतिशत आमा, बाबु र बहिनीलाई तथा बाँकी ३ वर्षको छोरालाई दिन आग्रह गरेका छन् । उनी ३० भन्दा बढी टीभी सिरियलमा खेलिसकेका छन् । (बीबीसी)