logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पक्राउ परेकालाई लैजान चार्टर्ड विमान ल्याउँदै चीन


अंकुरण खबर
1.404K
Shares

काठमाडौं – चीनले नेपालमा पक्राउ परेका आफ्ना नागरिक स्वदेश लैजान दुई वटा विमान पठाउने भएको छ।

नेपालमा बसेर चीनमा संगठित अपराध गरेको आरोपमा गत सोमवार पक्राउ परेका एक सय २२ जना चिनियाँलाई स्वदेशमै लगेर मुद्दा चलाउने चीनको तयारी छ। सोहीअनुसार आगामी साता दुई वटा विमान नेपाल आउने भएका हुन्।

नेपालमा उनीहरूमाथि विस्तृत अनुसन्धान नै भएको छैन। हाल अभद्र मुद्दामा प्रमुख जिल्ला अधिकारीको आदेशमा थुनामा राख्ने अनुमति लिएर हिरासतमा राखिएको छ।

एक/दुई दिनभित्रै उनीहरालई सामान्य धरौटीमा छाड्ने र अध्यागमनले भिसासम्बन्धी कसुरमा जरिवाना गराएर निष्कासनको तयारी थालेको छ। निष्कासनका लागि गृह मन्त्रालयले निर्णय गर्नुपर्ने हुन्छ। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।