logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

तस्करी गरेको अभियोगमा अमेरिकी शिक्षकलाई रुसमा १४ वर्ष जेल 


अंकुरण खबर
1.001K
Shares

एक रुसी अदालतले एक अमेरिकी पूर्वकूटनीतिज्ञलाई ‘ठूलो मात्रामा’ भांग तस्करी गरेको अभियोगमा १४ वर्षको जेल सजाय सुनाएको छ ।

मार्क फोगेलले यसअघि मस्कोस्थित अमेरिकी दूतावासमा काम गरेका थिए । तर, उनी पक्राउ पर्दा अंग्रेजी शिक्षकको रूपमा कार्यरत थिए ।

फोगेललाई अमेरिकी बास्केटबल स्टार ब्रिटनी ग्रिनरविरुद्ध गाँजासम्बन्धी मुद्दाको सुनुवाइ भइरहेको क्षेत्राधिकारमा सजाय सुनाइएको थियो ।

अमेरिकाका धेरै भागहरूमा भांगलाई कानुनी मान्यता दिइएको छ । तर, रूसमा अवैध मानिन्छ । ‘अमेरिकी नागरिक फोगेल दोषी पाइयो’, मस्को उपनगर खिम्कीको एउटा अदालतले एक विज्ञप्तिमा भन्यो ।

अंग्रेजी शिक्षकले व्यावसायिक उद्देश्यबिना लागूपदार्थको ठूलो मात्रामा अवैध भण्डारणको अतिरिक्त ठूलो मात्रामा लागूपदार्थको तस्करी गरेको विज्ञप्तिमा भनिएको छ ।