logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा कोरोना संक्रमितको संख्या बढ्दै, एकदिनमै १७ हजारभन्दा बढीमा संक्रमण पुष्टि


अंकुरण खबर
741
Shares

पछिल्लो २४ घन्टामा भारतमा १७ हजार ३ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यँहाको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ। बिहीबार मात्र १३ हजार ३ सय १३ जना कोरोना सङ्क्रमण देखिएको थियो। हाल भारतमा ८८ हजार २ सय ८४ सक्रिय सङ्क्रमित रहेको जनाइएको छ।

पछिल्लो एक दिनमा तेह्र हजार २९ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २७ लाख ४९ हजार ५६ पुगेको छ। कोरोना भाइरस निको भएको यो दर ९८.५९ प्रतिशत रहेको छ।

कोरोना सुरु भएबाट हालसम्म यस महामारीको कारण पाँच लाख २४ हजार ९ सय भन्दा बढीको मृत्यु भएको समाचारमा जनाइएको छ। भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो।

सो समयदेखि हालसम्म एक अर्व ९६ करोड ७७ लाख डोज खोप लगाइएको छ।