चिकित्सकले मृत घोषणा गरेपछि अन्तिम संस्कारका लागि घाट पुर्याइएका युवक जिवितै भएपछि खैलावैला मच्चिएको छ।
यो घटना भारतको संतकबीरनगर जिल्ला नगर पंचायत मेन्हदावलस्थित सोनबरसा गाउँको हो। त्यहाँका एक किशोरलाई विरामी भएका कारण परिवारले सीएचसी अस्पताल पुर्याएका थिए। उनलाई अस्पतालले मृत घोषणा गरेको हो।
अस्पतालले मृत घोषणा गरेपछि परिवारले अन्तिम संस्कारका लागि उनलाई घाट पुर्याएका थिए। तर उनी जिवितै रहेको आशंका गरियो।
उनी जिवितै भएको आशंकापछि चिताबाट शव उठाएर तुरुन्त अस्पताल पुर्याइयो। जहाँ अस्पतालले उनलाई फेरि मृत घोषणा गरेको छ। परिवारले किशोरको मृत्यु चिसोका कारण भएको बताएका छन्। घटनापछि प्रहरीलाई समेत खबर गरिएको छ। प्रहरीले शवलाई पोस्टमार्टमका लागि अनुरोध गरेपनि परिवार त्यसका लागि तयार नभएको भारतीय मिडिया अमल उजालाले जनाएको छ।
मेन्हदावल कस्बा निवासी विशाल यादवका १४ वर्षीय छोरा सन्तोषको शनिबार स्वास्थ्यमा समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।