logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आकाशमै ठोकिए दुई विमान, विमानमा सवार सबैको मृत्यु


अंकुरण खबर
676
Shares

संयुक्त राज्य अमेरिकाको नाभाडा राज्यको उत्तरी लस भेगास एयरपोर्टमा आइतबार मध्याह्न यात्रा गरिरहेका साना विमानहरू आकाशमा ठोकिएका छन् ।

एजेन्सीका अनुसार उक्त दुर्घटनामा परी चार जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

सुरुमा चार जनाको मृत्यु भएको जनाएको छ । दुर्घटनाका बारेमा अझै अनुसन्धान जारी रहेको उत्तरी लस भेगास फायर डिपार्टमेन्टले ट्विट गरेको छ ।

पाइपर पीए–४६ अवतरणको तयारी गरिरहेको अवस्थामा सेस्ना १७२ सँग ठोक्किएर दुर्घटना भएको प्रारम्भिक जानकारीले देखाएको छ । प्रत्येक विमानमा दुई जना सवार रहेको जनाइएको छ ।