logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

साउदी महिलाले स्वतन्त्र रुपमा विदेश यात्रा गर्न पाउने, पुरुषको अनुमति नचाहिने


अंकुरण खबर
1.859K
Shares

साउदी अरेबियाका महिलाहरुले अब पुरुष अभिभावकको अनुमति बिना नै  विदेश यात्रा गर्न पाउने भएका छन् । लामो समयदेखि महिलालाई लगाइएको प्रतिबन्धको अन्तर्राष्ट्रिय आलोचनापछि यसको अन्त्य भएको साउदी सरकारले जानकारी दिएको छ ।

बिहीबार जारी शाही आदेश अनुसार २१ वर्ष पुगेका युवतीले पुरुष अभिभावकको सहमति नभए पनि राहदानी प्राप्त गर्नका लागि आवेदन दिन सक्ने सरकार समर्थक समाचार पत्र ओकाज र अन्य स्थानीय सञ्चार माध्यमले जानकारी दिएका छन् । सरकारी निर्णय अनुसार २१ वर्ष पुगेका युवतीले स्वतन्त्र रुपमा विदेश यात्रा गर्न बाटो खुलेको छ ।

राहदानीका लागि आवेदन दिन र एक्लै विदेश घुम्न सक्ने व्यवस्थापछि महिलालाई पुरुषसरह अधिकार दिएको  बताइएको छ ।

यसअघि साउदी अरेबियामा महिलाले राहदानी प्राप्त गर्न र विदेश यात्रामा निस्कन पति, पिता वा पुरुष नातेदारबाट अनुमति लिनुपर्ने व्यवस्था रहेको थियो ।